फिल्म `दिमाग खराब´ टिमले कृकेट खेलाडीलाई पुरस्कार दिने घोषणा गरेका हुन् । टी-२० क्रिकेटमा ‘दिमाग खराब म्यान अफ द म्याच’ बन्ने खेलाडीलाई ५० हजार दिने घोसणा गरेका हुन् । पहिलोपटक अन्तर्राष्ट्रिय खेलमा क्यानसँग सहकार्य गर्दै  क्यानसँग मिलेर फिल्मको टिमले ‘कात्तिक २४ गते दिमाग खराब हेरौं, नेपाली क्रिकेट टिमलाई सहयोग गरौं’ भन्ने स्लोगन पनि बनाएको छ ।दिए ।यो पुरस्कार नेपाली खेलाडीले मात्र पाउनेछन् । यसको छनोट गर्ने सम्पूर्ण अधिकार भने नेपाल क्रिकेट सङ्घ (क्यान)लाई दिइएको छ । त्यस्तै, फिल्मको कूल मुनाफाको ५ प्रतिशत क्यानको विकासका लागि समेत प्रदान गरिने भएको छ । यसविषयमा आइतबार निर्माता कडेल र क्यानका पदाधिकारीबीच सहमति भएको छ ।आर्ट्स र ब्ल्याक हर्स पिक्चर्सको निर्माण फिल्ममा रहेको छ । फिल्ममा रौनक विक्रम कडेल निर्माता र सुरज बम ठकुरी कार्यकारी निर्माताको रुपमा रहेका छन् । निस्चल बस्नेतको निर्देशन रहेको फिल्ममा खगेन्द्र लामिछाने, दयाहाङ राई, स्वस्तिमा खड्का, अपर्ण थापा, विजय बराल, सुमन कार्की, पुष्कर गुरुङ, माओत्से गुरुङ, राजन खतिवडा, रमा थपलिया, गौरभी आरएल सिंह, गीत अधिकारी, कृष्णभक्त महर्जन, धीरज भट्ट, राहुल सिवाकोटी, नविन खड्कालगायतको पनि अभिनय छ