फिल्म‘अन्जिला’को छायांकन सुरु भएको छ । मिलन चाम्सको निर्देशनमा निमार्ण हुने फिल्मको छायांकन इलामबाट सुरु गरिएको हो ।महिला राष्ट्रिय फुटबल टिमकी गोलरक्षक एन्जिला तुम्बापो सुब्बाको जीवनबाट प्रभावित फिल्मकोछायांकन इलाम, झापा र काठमाडौंमा हुनेछ । फिल्ममा एन्जिला स्वयंको मुख्य भूमिका रहनेछ । मुन लभ इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने फिल्मको निर्माता प्रेम कुमार श्रेष्ठ र सह-निर्माता विनोद अग्रवाल र राजेश बागादिया हुन् । फिल्ममा प्रदीप भारद्वाज र यम थापाको लेखन रहेको छ भने पटकथा लेखनमा मुख्य सहायक निर्देशक गिरिराज घिमिरेले साथ दिएका छन् । सुदीप बरालको डिओपी रहने फिल्मका सम्पादक मिलन श्रेष्ठ हुन् । विनोद सुवेदी खत्री निर्माण नियन्त्रक हुन् ।फिल्ममा एन्जिलाका अलवा दयाहाङ राई, मिरुना मगर, सिर्जना सुब्बा, पशुपति राई, माओत्से गुरुङ, बुद्धि तामाङ, विजय बराल, हरि खड्का लगायतको पनि अभिनय रहनेछ ।