फिल्म टिम `दिमाग खराब´ ले घोषणा गरेको आईसीसी टी-२० को म्यान अफ द म्याच’को पुरस्कार कुशल भुर्तेलले जितेका छन् । निर्माता रौनक विक्रम कडेलले भुर्तेललाई नगद रु पचास हजार पुरस्कार हस्तान्तरण गरेका हुन् ।दिमाग खराब बेस्ट सर्ट अफ द डे’को पुरस्कार पनि ओपनर कुशल भुर्तेलले नै जितेका छन् । यो पुरस्कार कार्यकारी निर्माता सुरज बम ठकुरीले हस्तान्तरण गरेका थिए ।सिनेमा आर्ट्स र ब्ल्याक हर्स पिक्चर्सको निर्माण रहेको सिनेमामा खगेन्द्र लामिछाने, दयाहाङ राई, स्वस्तिमा खड्का, अपर्ण थापा, विजय बराल, सुमन कार्की, पुष्कर गुरुङ, माओत्से गुरुङ, राजन खतिवडा, रमा थपलिया, गौरभी आरएल सिंह, गीत अधिकारी, कृष्णभक्त महर्जन, धीरज भट्ट, राहुल सिवाकोटी, नविन खड्कालगायतको पनि अभिनय छ ।कार्तिक २४ गते बाट प्रदर्शनमा आउन लागेको फिल्ममा निर्देशक निश्चल बस्नेत र भिनेत्री सुपुष्पा भट्ट पनि फिल्मको एक गीतमा विशेष भुमिकामा देखिएका छन् ।