गायक सञ्जिव मानन्धरको आवाजमा रहेको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । 'देखेँ थे तिमीलाई' बोलको म्युजिक भिडियो सोमबार युट्युव मार्फत सार्वजनिक भएको हो । प्रविण पौडेलको संगीत र मानस थापाको शब्द रहेको गीतमान प्रनिल कायस्थ, सजना अधिकारी, एलेक्स न्यौपानेको अभिनय रहेको छ । भिडियोलाई मानस थापा आफैले निर्देशन गरेका हुन् । दिनेश धितालको सम्पादन रहेको भिडियोलाई रुपेश थापा र उद्धव रसाईलीले छायाँकन गरेका हुन् ।