अभिनेता दयाहाङ राई र अभिनेत्री दीया पुनको मुख्य भुमिका रहेको फिल्म ‘दयारानी’को प्रदर्शन मिति घोषणा गरिएको छ ।निर्माण टिमले पोस्टर सार्वजनिक गर्दै आगामी माघ २६ गतेबाट फिल्म प्रदर्शनमा आउने जानकारी गराएका हुन् । सार्वजनिक पोस्टरमा अभिनेता राई र अभिनेत्री पुनलाई मात्र समावेश गरिएको छ ।बासुरी फिल्मस् र माओत्से फिल्मस्को ब्यानरमा निर्मित फिल्मलाई कलाकार माओत्से गुरुङले निर्देशन गरेका हुन् । यो उनको डेब्यु निर्देशन फिल्म हो । फिल्ममा दया र दीयाका अलावा विजय बराल, प्रमिसा गुरुङ, पुस्कर गुरुङ, टिकाराम घलेलगायतका कलाकार पनि अभिनय छ ।मोहन गुरुङ, किरण गुरुङ, केन्द्र लिम्बु र न्यू आइटी भेन्चरको सहकार्यमा निर्माण भएको फिल्मका कार्यकारी निर्माता रामबाबु गुरुङ र अपिल विष्ट हुन् ।