फिल्म ‘पशुपति प्रसाद २ : भष्मे डन’ कात्तिक १३ गते मंगलबारबाट अमेरिकामा पनि प्रदर्शनमा आएको छ । नेपालमा हिट भैरहेको फिल्म अमेरिकाको १० बढी राज्यमा एकैसाथ प्रदर्शनमा आएको हो ।नेपालमा दोस्रो सातामा पनि उत्साहजनक व्यापार गरिरहेको फिल्मले अमेरिकामा पनि राम्रो व्यापार गर्ने अपेक्षा निर्माण टिमको रहेको छ । नेपालमा प्रदर्शनको पहिलो दिन नै फिल्मले २ करोड ४० लाख ग्रस कलेक्सनन गरेको थियो ।दीपेन्द्र के खनालको निर्देशनमा निर्माण भएको फिल्ममा विपिन कार्की, सौगात मल्ल, स्वस्तिमा खड्का, रविन्द्र सिंह बानियाँ, माओत्से गुरुङ, प्रकास घिमिरे, लोकेन्द्र लेखक, मिस्श्री थापा, सजन थापा मगर, विभु पौडेल, प्रकाश दाहालको पनि अभिनय रहेको छ । फिल्ममा अभिनेता तथा निर्माता खगेन्द्र लामिछाने र अभिनेत्री बर्षा सिवाकोटी पनि विशेष भुमिकामा देखिएका छन् ।टुकी आर्ट्सको ब्यानरमा निर्माण भएको फिल्मलाई निर्माता तथा अभिनेता खगेन्द्र लामिछानेले लेखेका हुन् । फिल्मको निर्माता पनि उनी स्वयं हुन् ।