निर्देशक प्रदीप भट्टराईको निर्देशन र लेखन रहेको फिल्म ‘महाजात्रा’को शुभमुहूर्त गरिएको छ । काठमाडौंको शोभा भगवतीस्थित विजेश्वरी मन्दिरमा आज शुभमुहूर्त गरिएको हो ।षट्कोण आर्टसको ब्यानरमा निर्माण हुने फिल्ममा दीपेश खत्री (म्याक्स्) र यज्ञश्वर पौडेल निर्माता रहेका छन् भने  कार्यकारी निर्माता रबिन्द्र सिंह बानियाँ हुन् । फिल्ममा विपीन कार्की, रबिन्द्र सिंह बानियाँ, रबिन्द्र झा, वर्षा राउत, हरिबंश आचार्य, राजाराम पौडेललगायत कलाकार चलचित्रको मुख्य भूमिकामा छन् ।  ‘महाजात्रा’ चैत ९ गते रिलिज हुनेछ ।