नायिका श्वेता खड्काको कारण यतीबेला माझि बस्ती बिच्चलीमा परेको छ । समाजसेवाको नाममा गरेको ठगीको कारण इन्द्रावती किनारका ५३ घर माझी परिवारको श्वेताले बिच्चली बनाएकी हुन्   । खड्काको समाजसेवाको आवरणमा ॠण लिँदा बैंकसँग गरेको सम्झौताअनुसार उनी हर्ताकर्ता रहेको स्वेताश्री फाउन्डेसनले किस्ता नतिरेकाले अहिले उक्त बस्ती लिलामको मुखमा पुगेको छ  । तत्कालीन लक्ष्मी बैंकको चौतारा शाखाबाट प्रतिघर चार लाख रुपैयाँ ॠण र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले दिएको प्रतिघर तीन लाख समेत गरि प्रतिघर सात लाख लागतमा बनेका माझी परिवारको घर बनाउँदा लागेको प्रतिघर चार लाख रुपैयाँको ॠण कथित समाजसेवी खड्का हर्ताकर्ता रहेको श्वेताश्री फाउन्डेसनले तिर्ने लिखित सम्झौता अनुसार बैंकबाट ॠण लिदा माझीबस्तीको जग्गा धितो राखियो भने सरकारले दिएको राहत समेत थपेर घर निर्माण भयको थियो किस्ता नतिरेको कारण अदालतको आदेशअनुसार श्वेताश्री फाउण्डेसन र सञ्चालक श्वेता खड्का पनि १५ दिनभित्र अदालतमा उपस्थित हुनुपर्ने बताएको छ  । लिलामको मुखमा पुगेपची उक्त बस्तीका हेलबहादुर माझीले उत्प्रेषणको आदेश जारी गरिपाऊँ भन्दै अदालतमा रिट दायर गरेका थिए । कथित समाजसेवी अभिनेत्री खड्काले अहिले पनि माझी बस्ती आफूले बनाएको दाबी गरिरहेकी छिन्   । २०७२ सालमा आएको विनाशकारी भूकम्पले तहसनहस बनाएको त्यो बस्तीको मुहार फेर्न नायिका खड्का अघी सरेकी थिइन्