अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) नेपालको नयाँ कार्यसमिति चयन भएको छ । बुधबार सम्पन्न इनास नेपालको अधिवेशनबाट नयाँ कार्यसमिति चयन गरिएको हो । अध्यक्षमा लोकप्रिय गीतकार एवं संचारकर्मी दयाराम पाण्डेय निर्वाचित भएका छन्।त्यस्तै इनास नेपालको नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा निर्देशक ऋषि लामिछने, देवकुमार श्रेष्ठ र संगीतकार अर्जुन पोखरेल निर्वाचित भएका छन् । महासचिवमा खेलाडी एवं गीतकार बलराम मित्र, सचिवमा प्रोडक्सन डिजाइनर शंकर पाण्डे र कोषाध्यक्षमा चलचित्र वितरक सुनिल मानन्धर सर्वसम्मत भएका छन् ।
त्यसैगरी कार्यसमिति सदस्यहरुमा नायक पुष्प खड्का, नरेन खड्का, गायक युवराज चौलागाईं, गायिका माण्डवी त्रिपाठी, नृत्य निर्देशक कविराज गहतराज, निर्देशक रामशरण घिमिरे, कल्पना आचार्य, पूर्ण लामा, भूमिका शाह, कृष्ण के सी, विबुध लुइँटेल र सुरेन्द्र श्रेष्ठ निर्वाचित भएका छन् ।वरिष्ठ उपाध्यक्ष रामचन्द्र थापा, उपाध्यक्षद्वय अर्जुन काफ्ले, सावु गदाल, कोषाध्यक्ष कुलराज थापा र एशिया संयोजक लोकराज अधिकारीले नवनिर्वाचित कार्यसमितिलाई शुभकामना दिएका थिए।विश्वका ७३ वटा देशमा यसको शाखा बिस्तार भैसकेको छ।नेपाली कला, संस्कृति, चलचित्र, संगीतको समृद्धिको लागि स्थापित यस संस्थाको केन्द्रीय कार्यालय नेदरल्यान्डस् मा रहेको छ ।