साहित्यकार लक्ष्मण सिटौलाको उपन्यास ’आर्या’माथि फिल्म बन्ने भएको छ । श्री तिमिल्सिना फिल्म प्रोडक्सनको ब्यानरमा बन्ने फिल्ममा अभिनेत्री शिल्पा पोखरेल मुख्य भूमिका देखिने भएकी छिन् । उपेन्द्र निमिल्सिनाको निर्देशन रहने फिल्मको कथ राणाकालीन महिलाहरूको अवस्था र उनीहरुमाथि हुने शोषण वरपर रहने छ । मङ्गलवार शुभ मुहूर्त गरिएको आर्याको युनिट केही दिनमा छायाँकनको लागी फ्लोरमा निस्कनेछन् ।

फिल्ममा शिल्पाको साथमा अनुपविक्रम शाही, रवि गिरी, सुशील पोखरेल, गीता अधिकारी र निरञ्जन शर्मा लगायतका कलाकारको अभिनय रहने छ । आर्यालाई धर्मराज श्रेष्ठले लगानी गरेका हुन् । दिव्यराज सुवेदीले खिच्ने फिल्मको फिल्मको छायाङ्कन काठमाडौँ र आसपासमा हुने निर्माण पक्षले जनाएको छ ।