‘पोष्टाम’ नामक अनलाइन प्लेटफर्मले फिल्म ‘काजी’सँग सहकार्य गरेको छ ।बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच ‘पोष्टाम’का सीइओ रोनिस दाहाल र फिल्मका निर्देशक लक्ष्मण रिजालबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।रिजाल एन्ड रिजाल प्रोड्क्सनको ब्यानरमा निर्माण हुन लागेको फिल्मको निर्मातामा रामप्रसाद रिजाल रहेका छन् ।आगामी माघदेखि छायांकन सुरु हुन लागेको फिल्ममा विपिन कार्की, वर्षा सिवाकोटी, विजय बराल, बुद्धि तामाङ, सुमन कार्की र कैलाश कार्कीको अभिनय रहनेछ । सुनिल मानन्धरको श्रीराम बालाजी पिक्चर्सले वितरण गर्ने फिल्मको छायांकन बेलायतमा गरिने जनाइएको छ ।