फिल्म‘दुई कदम’को टाइटल गीत सार्वजनिक गरिएको छ । तारा प्रकाश लिम्बुको संगीत तथा शब्द रचना रहेको गीतमा प्रविसा अधिकारी र सिडी विजय अधिकारीको स्वर रहेको छ । सार्वजनिक गीतमा डेव्यु अभिनेता इओन लिम्बु र सिमोन गिरी फिचर्ड छन् । गीतमा इओन र सिमोनलाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ ।दयाराम घिमिरेको कथा तथा पटकथा लेखन, विक्रम डिसीको छायांकन रहेको छ ।

अजम्बरी फिल्मस्को व्यानरमा निर्माण भएको फिल्ममा तारा देवी लिम्बुको लगानी रहेको छ ।आगामी मंसिर २९ गतेबाट रिलिज हुने फिल्ममा सुनिल थापा, कविता आले, सुरवीर पन्डित, प्रेम सुब्बा र गौरव पहारी, बुद्धि तामाङ, अर्जुन गुरुङ, विमला लिम्बु, जिवन लिम्बु, चन्दा दाहाल र प्रितिका शर्माको अभिनय रहेको छ ।फिल्मको एक गीतमा अभिनेता विल्सन विक्रम राईले पनि विशेष भुमिका निवार्ह गरेका छन् ।