अभिनेत्री रेखा थापाको कमब्याक फिल्म ‘उपहार’ को नयाँ गीत सार्वजनिक भएको छ । रोमान्टिक फ्लेवरको ‘वाह् वाह् वाह्’ गीतमा बाबुल गिरी र एलिना चौहानको स्वर रहेको गीतमा शंकर अधिकारी (घायल)को शब्द रचना तथा गायक गिरी स्वयंको संगीत छ । सार्वजनिक गीतमा फिल्मका तीन जोडी फिचर्ड छन् ।ज्ञानेन्द्र देउजाको निर्देशनमा बनेको ‘उपहार’मा नायिका रेखा थापा , मुकुन भुषाल ,पूजा शर्मा, , बेनिशा हमाल ,समर्पण जंग कार्की,  शिशिर राणा, सुष्मा कार्की, अन्शु महर्जन, आशा भुुषाललगायतको पनि अभिनय छ । रेखा फिल्मस् र कपनगढी फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्मको कार्यकारी निर्मातामा रेखाका श्रीमान् बलराम शाही ठकुरी छन् । निर्मातामा भने सुलभ प्रतिक र समीक्षा देउजा रहेका छन् ।

फिल्मका अन्य तीन गीतमा अर्जुन पोखरेलको संगीत छ ।विष्णु कल्पित घिमिरेको छायांकन, मित्र डि. गुरुङको सम्पादन, सुलक्षण भारतीको कथा, भारतीका साथै अभिमन्यू निरवी र माधव शर्माको पटकथा तथा संवाद रहेको फिल्ममा रोशन श्रेष्ठको द्वन्द्व निर्देशन छ । फिल्म  फागुन २५ महाशिवरात्रीको दिनबाट प्रदर्शनमा आउने निश्चित भएको छ  ।