फिल्म `दिमाग खराब ´ सेन्सर पास भएको छ । फिल्मका सिनमा बिनाकैची चलाउदै फिल्म सेन्सर पासभएको हो l निर्देशक निश्चल बस्नेतको निर्देशनमा बनेको फिल्म शुक्रबार (कात्तिक २४ गते)बाट प्रदर्शनमा आउन लागेको छ । फिल्ममा खगेन्द्र लामिछाने, स्वस्तिमा खड्का, दयाहाङ राई, अर्पण थापा, विजय बराल, पुष्कर गुरुङ, माओत्से गुरुङ, सुमन कार्की, राजन खतिवडा, गौरभी आरएल सिंह, गीत अधिकारी, कृष्णभक्त महर्जनलगायतको अभिनय रहेको छ । रौनक बिक्रम कडेल निर्माता रहेको फिल्मको कार्यकारी निर्मातामा सुरज बम ठकुरी छन् ।