शैलीको गीतमा राजनराज सिवाकोटी र मिलन नेवारको स्वर रहेको छ भने सिवाकोटी स्वयंको शब्द तथा संगीत छ ।गीतमा अभिनेता सन्तोष अधिकारी र अभिनेत्री शुभेच्छा खड्का फिचर्ड छन् । तिहारलाई लक्षित गरेर घनश्याम लामिछाने निर्देशित फिल्मले बाबु र छोरीको कथालाई उठान गरेको छ । फिल्ममाआशिष थापा मगर निर्माता र सन्तोष अधिकारी कार्यकारी निर्मातामा छन् ।

फिल्ममा  मेनुका प्रधान, प्रमोद अग्रहरी, अर्पण थापा, अन्जना बराइली, सिम्रन खड्का, आयुशी ढकाल, विनोद पौडेल, कपिल शर्मा, कुमार गुरुङ, उज्ज्वल ढकाल, दीपेश गजुरेल, प्रकाश घिमिरेलगायतको पनि अभिनय रहेको छ ।अजय अधिकारीको कथा, मनिष गौतमको पटकथा तथा संवाद रहेको सिनेमामा सम्राट बस्नेतको द्वन्द्व निर्देशन, बनिष शाह र सन्देश शाहको सम्पादन, महेश पौडेलको छायांकन छ । देशभर केदार पराजुलीको श्रीकृष्ण फिल्मस्ले सिनेमालाई वितरण गर्दैछ ।सन्तोष अधिकारी फिल्म्स तथा अस्याप इन्टरटेनमेन्ट नेपाल र अस्ट्रेलियाको सहकार्यमा निर्माण भएको  फिल्म पुस २७ गतेबाट रिलिजमा आउदै छ ।