दर्शकको साथ पाएर चौंथो हप्तामा प्रदर्शनरत सिनेमा ‘पशुपति प्रसाद २ : भष्मे डन’को तेस्रो श्रृंखला निर्माण घोषणा गरिएको छ । निर्माण टिमले फिल्मको घोषणा गर्दै फिल्मको तेस्रो श्रृङखलाबारे दर्शकलाई जानकारी गराएका हुन् । टुकी आर्ट्सको ब्यानरमा रोजिना सिटौलाले फिल्म निर्माण गर्ने जनाइएको छ ।फिल्मलाई आगामी वर्ष छायांकन गरेर सोही वर्ष हलमा रिलिज गर्ने तयारीमा निर्माण टिम रहेको छ । तथा लेखक खगेन्द्रको कथा लेखन रहने फिल्मलाई दीपेन्द्रले निर्देशन गर्नेछन् ।