फिल्म `बिच्छेद´ को रिलिज मिति पोस्ट्पोन्ड भएको छ । यस अघी आगामी मंसिर ८ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको फिल्म अब नयाँ मिति सहित सार्वजनिक गरिने निर्माण टिमको भनाइ छ । तिहारपछि नयाँ प्रदर्शन मिति निश्चित गरिने निर्देशक सत्यराज चौलागाईँले जानकारी दिएका छ्न् । मुकुन भुसाल र लक्ष्मी बर्देवाको मुख्य भूमिका रहेको फिल्ममा हिउँवाला गौतम, लय सङ्ग्रौला, प्रिया रिजाल, सुष्मा निरौला, जीवन थापा, सरिता राजोपाध्याय, लक्ष्मीनाथ तिमिल्सिना, जयराम सापकोटा आदिको अभिनय छ । सङ्कल्प भुजेल छायाँकार हुन् ।फिल्मको निर्मातामा राज कुमार पण्डित, दिमेश श्रेष्ठ, सुवास राई र सावित्री बज्राचार्य छन् भने सह-निर्मातामा प्रविन राजथला छन् ।