हिजो बाट रिलिज भएको फिल्म ‘दिमाग खराब’ लाई सुरुवाती दिनमा दर्शकले साथ दिएका छन्। सिनेमाघरमा दर्शकको चाप् बढे संगै फिल्म टिम आज शनिबार काठमान्डौको सिनेमाघर पुगेर दर्शकसंग प्रत्यक्ष भेटघाट गरेका थिय ।खगेन्द्र लामिछाने, निश्चल बस्नेत, सुमन कार्की, स्वस्तिमा खड्का शनिबार दर्शकको प्रतिक्रिया बुझ्न हलमा पुगेका थिय । दर्शकले फिल्म उत्कृष्ट बनेको प्रतिक्रियासग्नै निर्माण टिम झन् उत्साहित बनेको छ। निर्देशक निश्चल बस्नेत निर्देशित फिल्ममा खगेन्द्र लामिछाने , सुमन कार्की, स्वस्तिमा खड्का दयाहाङ राई, विजय बराल, अर्पण थापा लगायतको अभिनय रहेको छ ।