सन्तोष सेनको निर्देशनमा निर्माण हुने फिल्म ‘बलिदान’को टिजर रिलिज भएको छ । निर्माण टिमले फिल्म फ्लोरमा जानु अघी नै फिल्मको टिजर रिलिज गरेका हुन्  । सार्वजनिक टिजरलाई निर्माण टिमले प्रि-टिजर नाम दिएको छ ।आसुसेन फिल्म्सको ब्यानरमा निर्माण हुने फिल्ममा सन्तोष सेनको प्रस्तुति रहने छ ।  फिल्ममा निर्माताको रूपमा पवन ब्राडफोर्ड बिस्ट तथा कार्यकारी निर्माता चक्र बहादुर चन्द र प्रेम पुरी रहेका छन् । त्रिभुवन विश्वविद्यालयका प्राध्यापक तथा लेखक दर्शन जीको लेखन रहने फिल्मको ‘स्क्रिप्ट डक्टर’को रूपमा मनोज पण्डित रहनेछन् ।