फिल्म‘जम्प’को ट्रेलर रिलिज भएको छ । सार्वजनिक ट्रेलरमा फिल्मका मुख्य कलाकारहरुलाई स्थान दिइएको छ । आशुतोष ध्वज कार्कीको लेखन तथा निर्देशनमा निर्माण भएको फिल्म साइकोलोजिकल थ्रिलर जनरामा बनेको हो । क्रियटिभ माकुरा मिडियाको ब्यानरमा बनेको फिल्ममा  इशा खड्का कार्यकारी निर्माता रहेकी छिन् ।

फिल्ममा सिनेमामा सरोज श्रेष्ठ, सन्देश शाक्य, बिनिता थापा मगर, मन्जिल जिसी, सगुन तामाङ, रोशनी स्याङ्ग्बो, शंकर महर्जन र प्रवल कंडेलको मुख्य भूमिका छ ।आगामी मंसिर २९ गतेबाट प्रदर्शनमा आउने फिल्मलाई गोविन्द शाहीले वितरण गर्नेछन् ।