‘मोर्फ’ नामक नयाँ म्यागेजिन सार्वजनिक गरिएको छ । कार्यक्रम आयोजना गर्दै म्यागेजिन सार्वजनिक गरिएको हो । म्यागेजिन सार्वजनिकीकरण समारोहमा कला, सिनेमा, मनोरञ्जन, सञ्चार र कूटनीतिक क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूको उपस्थिति थियो।यस म्यागेजिनको प्रकाशन गेहेन्द्र धिमाल फाउन्डेसनले गरेको हो। प्रकाशन टिममा सम्पादकीय निर्देशक गौतम धिमाल, प्रमुख सम्पादक निलद्रि रञ्जन चटर्जी, सम्पादक विकास रौनियार, प्रमुख कार्यकारी निर्देशक सविन बस्नेत र डिजाइन प्रमुख पवनराज जोशी छन्।