माउथ पब्लिसिटीका कारण फिल्म ‘दिमाग खराब’को ब्यापार आक्रामक बनेको छ । कार्तिक २४ बाट रिलिज भएको फिल्म आज पाचौं दिन सम्म आइपुग्दा दर्शकको नजरबाट टाढा हुन सकेको छैन । वर्ड अफ माउथका कारण फिल्म सिनेमा घरमा हाउस्फूल दर्शकका सातह रिलिज भैरहेको छ ।सिनेमा हलका अनलाइन साइटमा हेर्दा बिहान देखि राती सम्मका शोमा दर्शकको चाप देखिएको छ। निस्चल बस्नेतको निर्देशन रहेको फिल्मलाई सिनेमा आर्ट्स र ब्ल्याक हर्स पिक्चर्सले निर्माण गरेको हो । फिल्ममा खगेन्द्र लामिछाने, दयाहाङ राई, स्वस्तिमा खड्का, अपर्ण थापा, विजय बराल, सुमन कार्की, पुष्कर गुरुङ, माओत्से गुरुङ, राजन खतिवडा, रमा थपलिया, गौरभी आरएल सिंह, गीत अधिकारी, कृष्णभक्त महर्जन, धीरज भट्ट, राहुल सिवाकोटी, नविन खड्कालगायतको पनि अभिनय छ