दयाहाङ राई र विपिन कार्की स्टारर ‘के घर के डेरा’ फिल्म सार्वजनिक भएको छ । जिटु वान नामक युट्युब च्यानलबाट रिलिज गरिएको फिल्मलाई हाल सम्म वान मिलिएन दर्शले हेरिसकेका छ्न् । दीपेन्द्र के खनाल निर्देशित यो सोसल ड्रामा फिल्मले घर नहुँदा काठमाडौंमा हेपिने र घर किन्ने चाहना बोकेका पात्रलाई व्यंग्य गर्छ । मध्यमवर्गीय मानिसका लागि घर किन्ने सपना र त्यसले निम्त्याउने सामाजिक परिणती फिल्मको कथा हो । फिल्ममादयाहाङ र विपिनसहित, सुरक्षा पन्त  वर्षा राउत , प्रभाकर न्यौपाने समेत फिचर्ड छन्। फिल्ममा रविन्द्र झाको समेत प्रमुख भूमिका छ ।

ए प्लस इन्टरटेनमेन्टको ब्यानरमा फिल्म निर्माण भएको हो । शरद श्रेष्ठ, राजीव श्रेष्ठ र किरण महर्जन निर्माता हुन् ।