फिल्म `दिमाग खराब´ टिमले हलबाट फिल्म उतार्ने निर्णय गरेका छन् । आइतबारबाट प्रदर्शनमा आएको बलिउड सुपरस्टार सलमान खान अभिनीत फिल्म ‘टाइगर ३’का कारण मल्टीप्लेक्सहरुमा फिल्मको शो खुम्चिन पुगेको भन्दै निर्माण टिमले हलबाट फिल्म उतार्ने निर्णय लिएका हुन् । हलवालाहरुको दादागिरीले राम्रो ब्यापार गरिरहदा पनि फिल्मको शोमा तलमाथि गरेका छन् ।फिल्म प्रदर्शन अवधिभर वितरक र निर्मातालाई ५०/५० प्रतिशत शेयर बाँडफाँडको समेत माग गरेका छन् । अन्यथा फिल्म देखाउन अर्को माध्यम खोजिनेको निर्देशक निश्चल बस्नेतको भनाई छ । बुधबार फेसबुक लाइभमा उनले भनेका छन्, ‘अब फिल्म चलाउने दुईटा मात्र आधार छ । आउने शुक्रबारदेखि विदेशी फिल्मसरह नेपाली फिल्मको शो हुँदैन र निर्माताले हलमा फिल्म चलुन्जेल ५० प्रतिशत शेयर पाइरहँदैन भने हामीले फिल्म नचलाउने निर्णय गरेका छौं । हाम्रो माग सम्बोधन भएन भने शुक्रबारबाट फिल्म उतार्छौं । चेपिएर फिल्म चलाउनुभन्दा अरु माध्यमबाट देखाउँछौं ।’निश्चलले कसैसँग निहुँ या रिस राखेर यो निर्णय नलिएको पनि स्पष्ट पारेका छन् ।