आफ्नो केही माग् राख्दै `दिमाग खराब´ टिमले मंगलबारसम्म सिनेमा हलमा फिल्म चलाउने निर्णय गरेका छन् । बिहीबार प्रदर्शक र वितरकहरुको संस्था नेपाल चलचित्र संघ र निर्माताबीच भएको छलफलपछि मंगलबारसम्म प्रदर्शन नरोक्ने सहमति भएको हो । संघका महासचिव नरेन्द्र महर्जनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘बिहीबार ‘दिमाग खराब’का निर्माताहरु र नेपाल चलचित्र संघको कार्यसमितिबीचको छलफल सकारात्मक भएकोले आगामी मंसिर ५ गते मंगलबारका दिन पनि बाँकी अन्य बुँदाहरुमा छलफल गरी निष्कर्षमा पुग्ने सहमतिअनुसार पूर्ववत् रुपमा फिल्मको प्रदर्शन मंगलबार (मंसिर ५ गते)सम्म गर्ने निर्णय गरियो ।’उच्च अकपेन्सीका बावजूद पनि मल्टीप्लेक्सहरुले न्यून शोज दिएपछि निर्देशक बस्नेतले बुधबार फेसबुक लाइभमार्फत् दुईटा माग राख्दै त्यो पूरा नभए शुक्रबारबाट प्रदर्शन रोक्ने घोषणा गरेका थिए ।