निर्माता सन्तोष सेनले सोलो निर्देशकको रुपमा डेब्यू गर्न लागेको फिल्म ‘बलिदान’ मा अभिनेता सौगात मल्ल अनुबन्धित भएका छन् । शुक्रबार उनीसँग निर्माता सेनले कागजी सम्झौता गरिसकेको स्रोतको दाबी छ ।६ करोड बजेट पूर्वअनुमान गरिएको फिल्ममा यस् अघी अभिनेता अर्पण थापा अनुबन्धित भएका थिय । फिल्ममा उनलाई खलनायकको रुपमा देख्न सकिने बुझिएको छ । आसुसेन फिल्मस् प्रोडक्सनको ब्यानरमा बन्न लागेको फिल्मको निर्मातामा पवन ब्राडफोर्ड बिस्ट छन् भने कार्यकारी निर्मातामा चक्र बहादुर चन्द र प्रेम पुरी रहेका छन् । दर्शन जीको लेखन रहने फिल्मको ‘स्क्रिप्ट डक्टर’मा मनोज पण्डित छन् । फिल्मको प्रदर्शन मिति आगामी वर्षको दशैंको फूलपातीलाई घोषणा गरिएको छ । फिल्मको आगामी पुषदेखि छायांकन सुरु गरिने जनाइएको छ ।दोस्रो पटक ‘बलिदान’ शीर्षकमा फिल्म बन्न लागेको हो ।