फिल्म `दिमाग खराब´ रिलिजको दोस्रो हप्तामा प्रवेश गरेको छ। अब्बल वर्ड अफ माउथका कारण फिल्मलाई दर्शकको साथ मिलेको हो । फिल्मको व्यापार आज पनि बिहानी शो देखिनै आक्रामक देखिएको छ । फिल्म हलका अनलाइन साइटमा हेर्दा बिहान देखि राती सम्मका शोमा दर्शकको चाप देखिएको छ। केही दिन अघी फिल्म ‘दिमाग खराब’का निर्माता रौनक विक्रम कडेल र निर्देशक निश्चल बस्नेतले विदेशी फिल्म बराबर शोज र फिल्म चलुन्जेल निर्मातालाई ५० प्रतिशत शेयर नदिए शुक्रबारबाट फिल्मलाई उतार्ने घोषणा गरेका थिए ।
प्रदर्शक र वितरकहरुको संस्था नेपाल चलचित्र संघ र निर्माताबीच भए पछी अब फिल्म निरन्तर चल्ने भएको छ । फिल्मले बलिउड फिल्म ‘टाइगर ३’ को बराबर शो प्राप्त गरेको छ । फिल्ममा रौनक विक्रम कडेल निर्माता र सुरज बम ठकुरी कार्यकारी निर्माताको रुपमा रहेका छन् । सिनेमा आर्ट्स र ब्ल्याक हर्स पिक्चर्सको निर्माण रहेको सिनेमामा खगेन्द्र लामिछाने, दयाहाङ राई, स्वस्तिमा खड्का, अपर्ण थापा, विजय बराल, सुमन कार्की, पुष्कर गुरुङ, माओत्से गुरुङ, राजन खतिवडा, रमा थपलिया, गौरभी आरएल सिंह, गीत अधिकारी, कृष्णभक्त महर्जन, धीरज भट्ट, राहुल सिवाकोटी, नविन खड्कालगायतको पनि अभिनय रहेको छ ।