विकास बोर्ड अध्यक्ष तथा अभिनेता भुवन केसी गोवा प्रस्थान गरेका छन् । फिल्म बजार २०२३ को लागी केसी आज गोवा प्रस्थान गरेका हुन् ।मंसिर ४ देखि ८ गतेसम्म गोवामा भारतको नेसनल फिल्म डेभलपमेन्ट कर्पोरेसन अफ इन्डिया (एनएफडीसी)ले फिल्म बजार २०२३ को आयोजना गर्दै छ । विदेशमा नेपाली फिल्मको बजार खोजी गर्ने उद्देश्यले आफू गोवा प्रस्थान गरेको उनको भनाइ छ । भारतमा नेपाली फिल्मको बजार खोजी र नेपालमा विदेशी फिल्मको छायांकन कसरी गर्न सकिन्छ भनेर आफू गोवा जान लागेको केसीले बताए ।यसबाहेक ‘फिल्म डेस्टिनेसन इन नेपाल’ नामक डकुमेन्ट्रीको प्रदर्शन र पुस्तक प्रदर्शनी पनि हुने छ ।