फिल्म ‘यो मन त मेरो नेपाली हो’ निर्माण हुने भएको छ ।मित्र प्रधान (नर)को निर्देशनमा निर्माण हुन लागेको फिल्ममा पद्मा ईश्वर ईन्टरटेन्मेन्टको प्रस्तुति रहने छ । शिवम् अधिकारीको लेखन रहेको फिल्ममा विल्सन विक्रम राई, रोशन श्रेष्ठ, बुद्धि तामाङ, विजय बराल, आयुषा समाल, सञ्जीत भण्डारी, मेग सुवेदी, सुशान्त श्रेष्ठ, ध्रुब दत्त आदिको अभिनय रहनेछ ।नेपालीहरु कसरी भुटान, म्यानमार, भारतमा पुगे र त्यहाँका नेपालीको अवस्था कस्तो छ भनेर फिल्ममा देखाइने निर्माण टिमको भनाइ छ । पहिलो चरणमा फिल्मको ६० प्रतिशत छायांकन गरिनेछ । निर्देशक प्रधानकै कथा फिल्ममा रहेको छ ।