फिल्म ‘रङ्गेली’को क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ ।  सार्वजनिक पोस्टरमा नायिका मिरुना मगरलाई देखाइएको छ । उनलाई मधेसी क्यारेक्टरमा देखाइएको छ । फागुन २५ गते महाशिवरात्रिको दिन रिलिज हुने फिल्ममा अर्जुन सुवेदीको लेखन तथा निर्देशन छ । फिल्ममा दयाहाङ राईको, मिरुना मगर, अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकीलगायत कलाकारको प्रमुख भूमिका छ ।