मङसिर २९ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘दुई कदम’को पनि एउटा गीतमा नायिका बर्षा शिवाकोटीले ठुम्का मारेकी छिन् । ‘ए मेरा बाबै नी’ बोलको गीतको छायांकन ठमेलको एक क्लबमा गरिएको हो । उक्त गीतमा नायिका बर्षा फिल्मका मुख्य कलाकार इओन लिम्बुसंग रोमान्टिक देखिएकी छिन् । वर्षाले फिल्मको यही एउटा गीतमा मात्र नृत्य गरेकी हुन् ।आशिष अविरल र निरुषा भट्टराईको स्वर रहेको गीतमा आशिषको संगीत, निरुषाको शब्द छ । यो