रंग पत्रकार लक्ष्मण सुवेदीद्वारा निर्देशित फिल्म ‘सतीदेवी’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । नायिका मलिका महतलाई प्रस्तुत गरिएको पोस्टरमा उनलाई जुत्ताको माला र कालो मोसो दलेर गाउँलेहरुले लखेटिरहेका छन् ।  लक्ष्मण सुवेदीको निर्देशन , निर्माण, लेखन र गीत रचना रहेको फिल्ममा श्रीदेवी सुवेदी निर्माताको रुपमा छिन् । फिल्ममा मलिकाका अलवा हर्षिका वली, मञ्जिला बानियाँ, सन्दीप बाबु लोहनी, रमेश बुढाथोकी, कुलदीप अधिकारी, भोला सापकोटा, सृजना अधिकारी, सुजिता सिवाकोटी, सन्देश लिम्बू, मनिषा सापकोटालगायतको अभिनय रहेको छ ।दिलासा र साराको प्रस्तुतिमा गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियाको सहकार्यमा दिलासा क्रियशनले निर्माण गरेको फिल्मको प्रदर्शन मिति घोषणा गरिएको छैन ।