नेपाल चलचित्र संघ र नेपाल निर्माता संघबीच सेयर बाँडफाँडको विषयमा सहमति भएको छ। सेयर रकममा असन्तुष्टि जनाउँदै ‘दिमाग खराब’ टिमले गरेको विद्रोहपछि भएको वार्तामा सहमति जुटेको हो। अब निर्माताहरुले फिल्म रिलिज गरेबापत सधैं ५० प्रतिशत सेयर पाउनेछन्। यसअघि सोही विषयलाई लिएर चलचित्र संघमा दुई दिनसम्म वार्ता भएको थियो।