फिल्म ‘दिमाग खराब’ आज शुक्रबारबाट तेस्रो सातामा प्रवेश गरेको छ । दर्शकको उत्कृष्ट प्रतिक्रिया मिलेको फिल्मले हाल सम्म ७ करोड कमाएको निर्माण टिमको भनाइ छ  । निर्माण टिमले पोस्टर सार्वजनिक गर्दै फिल्मको ग्रस कलेक्सन बारे जानकारी गराएका हुन्  । गत कात्तिक २४ गतेबाट नेपाल र विदेशबाट एकसाथ प्रदर्शनमा आएको थियो । सिनेमा आर्ट्स र ब्ल्याक हर्स पिक्चर्सको निर्माण रहेको फिल्ममा खगेन्द्र लामिछाने, दयाहाङ राई, स्वस्तिमा खड्का, अपर्ण थापा, विजय बराल, सुमन कार्की, पुष्कर गुरुङ, माओत्से गुरुङ, राजन खतिवडा, रमा थपलिया, गौरभी आरएल सिंह, गीत अधिकारी, कृष्णभक्त महर्जन, धीरज भट्ट, राहुल सिवाकोटी, नविन खड्कालगायतको पनि अभिनय छ ।निर्देशक निश्चल बस्नेत र अभिनेत्री सुपुष्पा भट्ट पनि फिल्मको एक गीतमा विशेष भुमिकामा देखिएका छन् । आकाश बरालको लेखन र मनोज पण्डित स्क्रिप्ट डाक्टर रहेको फिल्म राजनीतिक विषयमा केन्द्रित रहेर निर्माण भएको हो । फिल्ममा सुरज बम ठकुरी कार्यकारी निर्माताको रुपमा रहेका छ्न् ।