प्रेमगीत’ फेम्ड निर्माता सन्तोष सेनले आफ्नो निर्देशनमा ६ करोड खर्चिएर नेपाली र हिन्दी भाषामा फिल्म ‘बलिदान’ बनाउँदैछन् । उक्त फिल्ममा मुख्य कलाकार को हुन्छ भन्ने निर्माण टिमले खुलाइसकेका छैनन् ।तर निर्माण टिमले सार्वजनिक गरिएको टिजरमा भने दर्शकले अभिनेता बिराज भट्टलाई खोजेका छन् । सार्वजनिक टिजरको कमेन्टमा निहाल्ने हो भने ३० प्रतिशतभन्दा बढीले मुख्य भूमिकामा विराजको नाम लिएको देखिन्छ । उक्त फिल्ममा अभिनेताद्दय सौगात मल्ल र अर्पण थापा अनुबन्धित भैसकेका छ्न् ।