गायक-गायिका  सज्जा चौलागाईं र पवन गिरीले बेलायतमा प्रस्तुतिमा दिने भएका छन् । आगामी डिसेम्बर ९ तारिख शनिबार साँझ एम्पायर ब्यान्केटिङ अल्डरसटमा ‘डिसेम्बर धमाका’ हुने भएको हो । आयोजकका अनुसार साँझ ६ बजेदेखि राती अबेरसम्म सञ्चालन हुने शोको टिकट शुल्क २५ पाउन्ड राखिएको छ । सीट सिमित रहेकाले अग्रीम टिकट बुक गर्न आयोजकले आग्रह गरेका छन्। नेपाल आइडलबाट उदाएका यी दुवै गायन प्रतिभाले पछि थुप्रै गीतहरुमा आफ्नो आवाज दिइसकेका छन्।