फिल्म ‘महाजात्रा’को हाल धमाधम छायांकन भइरहेको छ ।काठ्मान्डौको विभिन्न स्थानमा छायांकन भैरहेको फिल्मलाई प्रदीप भट्टराईको निर्देशन गरिरहेका छन् । म्याक्स दीपेश खत्रीको लगानीमा रवीन्द्र सिंह बनियाँ कार्यकारी निर्माता रहेको फिल्ममा हरिवंश आचार्य, विपिन कार्की, रवीन्द्र झा, रवीन्द्र सिंह बनियाँ, वर्षा राउत, दिव्य देव, गौमाया गुरुङ, प्रेम पाण्डे, सुमन कार्की लगायतका कलाकारको अभिनय छ । चैत्रको ९ गतेबाट रिलिज गर्ने तयारी गरिएको छ ।