दर्शकलाई मध्य नजर गर्द फिल्म `जम्प´ टिमले साइकोलोजिकल थ्रीलर कथामा बनेको यस् फिल्मको फाइनल ट्रेलर सार्वजनिक गरेका छन् । पछिल्लो समय दर्शकले फरक शैलीको फिल्म खोज्न थालेका कारण पनि निर्माण टिमले उक्त फिल्म बनाउने चुनौती लिएका हुन् । त्यसैले पनि वर्षेनै एउटा न एउटा त्यस्ता खाले फिल्म बनिनै रहेका छन् ।आशुतोषध्वज कार्कीको निर्देशन रहेको फिल्म मङ्सिर २९ गते बाट रिलिजमा आउँदै छ । निर्माण टिमको अनुसार फिल्मले दर्शकको मन् जित्नेमा निर्माण टिम ढुक्क छन् ।फिल्मको कथा र संगीत स्वयं निर्देशक कार्की हो । इशा खड्का कार्यकारी निर्माता रहेको फिल्मलाई गोबिन्द शाहीको काफिया फिल्मस्ले वितरण गर्दैछ ।
फिल्मले आफ्नो जीवन परिवर्तनका लागि दैवी शक्तिको साहारा लिएपछि आउने घटनाक्रमको कथा पेस गर्छ ।फिल्ममा सरोज श्रेष्ठ, बिनिता थापामगर, सन्देश शाक्य, सगुन तामाङ, मन्जिल जिसी, शंकर महर्जन, एन्जेलिका खत्री। अरोष्मा रन्जित, प्रज्वल खँडेल, सुदिप भुषाल, इलिस विष्ट तथा रितेश राजकर्णिकारको प्रमुख अभिनय रहेको छ ।