मण्डला नाटक घरमा `मानिस हराएको सूचना´ मञ्चन हुने भएको छ । ब्लु डाईमन्ड सोसाइटी , झ्याल आर्ट , ऐभरेष्ट फिल्म एकेडेमी र मण्डला नाटक घरको सहयोगमा नाटक मञ्चन गर्न लागिएको हो । अमित गिरीले लेखेको नाटकलाई अमित गिरी र सन्तोष विष्टले संयुक्त रुपमा निर्देशन गर्दै छन् । ऐभरेष्ट फिल्म एकेडेमीकै बिध्यार्थीहरुको निर्देशन रहने नाटकमा कलाकार पनि सोही एकेडेमीका रहेका छन् । सामाजिक विषयलाई उठान गरिएको नाटकमा वर्तमान समाजको यथार्थ कुराहरूलाई मनोरञ्जनात्मक रुपमा प्रस्तुत गर्न खोजिएको छ   । नाटक "मानिस हराएको सूचना" मा दर्शकहरूले पनि नाटक कै पात्रहरूको रुपमा नाटकमा सहभागी हुन पाउने छन् । मङ्सिर १५ गतेदेखि २४ गतेसम्म सोमबार बाहेक हरेक बार साँझ पाँच बजे र शनिवार दिउँसो १ बजे पनि नाटक मानिस हराएको सूचना मञ्चन हुने भएको छ ।। नाटकमा सबिन राई , सोनिका शाही ठकुरी , रोमस राय ठकुरी , स्नेहा जोशी , साईमन थापा, दीपक कोइराला लगाएका १३ जना कलाकारहरूले अभिनय गर्नेछन् ।