अभिनेता प्रदिप खड्काको नयाँ फिल्मको घोषणा भएको छ ।  ‘ऐरी’ नामक फिल्मको घोषणा गरिएको हो ।  ‘ऐरी’ शब्दको अर्थ सिकारी हो । जीवन थापाको निर्देशन रहने फिल्ममा भारतीय फिल्मका वितरक सुवास काले, प्रशान्त कुँवर गुप्ता र राजव कुँवरको लगानी रहनेछ । आगामी वर्ष रिलिज हुने फिल्म ठूलो बजेटमा तयार हुने बताइएको छ भने यो फिल्म अभिनेता खड्काको पहिलो बलिउड सिनेमा हुनेछ । ‘हिन्दीसँगै यो फिल्म नेपाली तथा तमिल भाषामा समेत रिलिज हुने जानकारी निर्माणपक्षले दिएको छ ।