फिल्म ‘रङ्गेली’बाट अभिनेता अर्पण थापाको भगवान् दादाको लुक्स सार्वजनिक गरिएको छ । फिल्म निर्माण टिमले यसअघि नै दयाहाङ र मिरुनाको लुक्स सार्वजनिक गरेको थियो ।आगामी फागुन २५ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्मलाई अर्जुन सुवेदीले निर्देशन गरेका हुन् । सुवेदीकै लेखन रहेको फिल्ममा अर्पण, दयाहाङ र मिरुनाका अलवा प्रवीण खतिवडा, रमेश बुढाथोकी र रवीन बोगटीको मुख्य भूमिका रहेको छ ।फिल्मका कार्यकारी निर्माताहरू जीतेन्द्र खतिवडा र अनुज जङ्ग थापा हुन् । निर्माताहरू संसार चौलागाई र रमेश भट्टराई वशिष्ठ हुन् भने युवक कार्की र शिव शंकर चौलागाई सह-निर्माता हुन् । विवेक खड्का (योलो) एशोसियट निर्माता हुन् । छायाकार सुशन प्रजापति हुन् ।