फिल्म ‘दु:खी आत्मा’को निर्माण घोषणा गरिएको छ । ‘नाङ्गो गाउँ’ निर्माण कम्पनि क्लक वर्क क्रियसन्स र हिमाल कडरिया निर्माता रहेको फिल्मलाई रंग पत्रकार तथा समीक्षक दीपेन्द्र लामाले लेखन्  तथा निर्देशन गरेका हुन्  । फिल्मको मुख्य भुमिकामा अभिनेता दयाहाङ राई अनुबन्धित् भइसकेका छन् ।यस वर्षको अन्त्यतिरबाट छायांकन सुरु गरिने फिल्मका अभिनेत्री लगायत अन्य कलाकर तथा प्राबिधिक चयन कार्य बाँकी छ ।अभिनेता दयाहाङ र निर्देशक दीपेन्द्रको ‘घामपानी’, ‘दुई नम्बरी’ र ‘नाङ्गो गाउँ’ पछि चौथोपटक ‘दुखी आत्मा’ मा सहकार्य हुदैछ ।