कात्तिक २४ गते प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘तान्द्रो’को नयाँ गीत सार्वजनिक भएको छ । ‘अब मलाई बिदा देऊ’बोलको गीत युट्युब मार्फत सार्वजनिक भएको हो । गीतमा गीतमा टिसुजिल कर्माचार्यको स्वर र सङ्गीत रहेको छ । गीतमा १२ वर्षे माओवादी युद्धकालमा घटेका  घटनालाई देखाइएको छ । साम्तेन भुटिया निर्देशित ‘तान्द्रो’ मा दयाहाङ्गसँगै रामबाबु गुरुङ, बुद्धि तामाङ, सरस्वती चौधरी, राजन खतिवडा, अरुणा कार्की, कमलमणी नेपाल, मणीराम पोखरेल लगायतका कलाकारहरूको अभिनय रहेको छ । ‘ब्ल्याक हर्ष पिक्चर्स’ र ‘सिनेमा आर्ट’ को व्यानरमा निर्माण भएको चलचित्रमा पुरुषोत्तम प्रधानको छायाङ्कन, कुमार महर्जनको द्वन्द्व निर्देशन रहेको छ । उपेन्द्र सुब्बाको कथा, रामबाबु गुरुङको संवाद रहेको फिल्ममा शतिस कुमार गौतमले लगानी गरेका छन् ।