फिल्म ‘दु:खी आत्मा’को निर्माण घोषणा गरिएको छ । ‘नाङ्गो गाउँ’ निर्माण कम्पनि क्लक वर्क क्रियसन्स र हिमाल कडरिया निर्माता रहेको फिल्मलाई रंग पत्रकार तथा समीक्षक दीपेन्द्र लामाले लेखन् तथा निर्देशन गरेका हुन् । फिल्मको मुख्य भुमिकामा अभिनेता दयाहाङ राई अनुबन्धित् भइसकेका छन् ।यस वर्षको अन्त्यतिरबाट छायांकन सुरु गरिने फिल्ममा भने दयाको अपोजिट्मा नायिका मिरुना मगर अनुबन्धित छिन् । अभिनेता दयाहाङ र निर्देशक दीपेन्द्रको ‘घामपानी’, ‘दुई नम्बरी’ र ‘नाङ्गो गाउँ’ पछि चौथोपटक ‘दुखी आत्मा’ मा सहकार्य हुदैछ ।