‘एक्सन स्टार’ विराज भट्टले नयाँ फिल्मको घोषणा गरेका छन् । बिहीबार फेसबुकमा एक थिम पोस्टर सार्वजनिक गर्दै फिल्म ‘१२ गाउँ’को निर्माण घोषणा गरेका हुन् ।फिल्म ‘साङ्लो’ रिलिजको ४ वर्षपछि उनी नयाँ फिल्मका साह दर्शक माझ आएका हुन् । विराज भट्ट फिल्म प्रडक्सनको ब्यानरमा फिल्म निर्माण हुनेछ ।सन्तोष सरकारको कथा तथा पटकथा रहेको फिल्ममा विराज स्वयं मुख्य भूमिकामा देखिनेछन् । बाँकी कलाकार र प्राविधिक भने केही दिनमा टुंगो लाग्ने जनाइएको छ ।फिल्मबाट विराजले आफ्नो जेठा छोरालाई हिरोको रुपमा डेब्यू गराउन लागेको चर्चा छ ।