आजबाट नाटक ‘काल’ मञ्चन हुने भएको छ।  थापागाउँस्थित आरोहण गुरुकुल, कुञ्ज नाटकघरमा आजबाट मञ्चन सुरु हुन लागेको हो । नाटकको परिकल्पना, लेखन र निर्देशन राम भजन कामतले गरेका हुन्।  एक्टा नेपालको प्रस्तुति र आरोहण गुरुकुल स्कुल अफ थिएटरको सहकार्यमा नाटक मञ्चन हुन लागेको नाटक मंसिर १४ देखि ३० गतेसम्म मञ्चन हुनेछ। ‘मृत्यु रोज्ने मान्छेको मृत्यु खोज्ने जागीर’ उनले नाटकबारे उनले लेखेका छन्।नाटक सोमबार बाहेक साताको प्रत्येक दिन दिउँसो साढे ४ बजे मञ्चन हुनेछ। साथै शनिबार १ बजे अतिरिक्त शो पनि हुनेछ।