फिल्म ‘दयारानी’को अर्न्तराष्ट्रिय प्रदर्शन अधिकार बिक्रि भएको छ । विदेश प्रदर्शन अधिकार सेभेन सिज इन्टरटेनमेन्टले खरिद गरेको हो । निर्माण टिम र सेभेन सिज इन्टरटेनमेन्टबीच औपचारिक रुपमा लिखित सम्झौता गर्दै फिल्मको अधिकार बिक्रि गरिएको जानकारी गराइएको हो । अभिनेता माओत्से गुरुङको डेव्यु निर्देशकिय फिल्ममा अभिनेता दयाहाङ राई र अभिनेत्री दीया पुनको मुख्य भुमिका रहेको छ । फिल्ममा दयाहाङ र दीयाका अलावा विजय बराल, प्रमिसा गुरुङ, पुस्कर गुरुङ, टिकाराम घलेलगायतका कलाकार पनि अभिनय छ ।बाँसुरी फिल्मस् र माओत्से फिल्मस्को ब्यानरमा निर्मित फिल्म ‘दयारानी’को आगामी माघ २६ गतेबाट प्रदर्शन हुनेछ । अभिनेता माओत्से गुरुङको निर्देशनमा डेव्यु रहेको फिल्मलाई शैलेन्द्र ध्वज कार्कीको खिचेका हुन् । मोहन गुरुङ, किरण गुरुङ, केन्द्र लिम्बु र न्यू आइटी भेन्चरको सहकार्यमा निर्माण भएको फिल्मको कार्यकारी निर्माता रामबाबु गुरुङ र अपिल विष्ट हुन् ।