म्युजिक भिडियो `हुन्छ भन नभन नाइ भनी´ रिलिज गरिएको छ   ।गायक अनिश अधिकारी र गायिका शान्ति श्री परियारको आवाजमा रहेको गीतको शब्द अनिश अधिकारीले कोरेका हुन् । गीतको कम्पोज पनि उनकै रहेको छ  । 

 

 

सविन अधिकारीको निर्देशनमा बनेको भिडियोले जातको कारण  एक अर्काको परिवारको आउने खट्पटलाई देखाउन खोजेको छ ।यसो त भिडियो केही समय अघी रुकुममा एक जोडिबिच घटेको घट्नामा नै बनेको हो भन्दा हुन्छ । भिडियोमा सन्दीप बाबु लोहनी र अस्मिता लामिछाने फिचर्ड छ्न् । भिडियोलाई ज्याक क्राइसिसले खिचेका हुन् ।