'भगवान् कसम' बोलको गीत सार्वजनिक भएको छ ।गीतमा स्वर कुमार कट्टेल 'जिग्री' र अनु चौधरीको रहेको छ । 'सक्किगोनी' का निर्देशक तथा कलाकार कुमार कट्टेल 'जिग्री' ले आफ्नो दाईभाउजुको १५ औँ वैवाहिक वर्षगाँठको उपलक्ष्यमा 'भगवान् कसम' बोलको गीत सार्वजनिक गरेका हुन् । गीतका गीतकार दिनेश थपलिया हुन ।
साथै गीतमा अर्जुन पोख्रेलले सङ्गीत भरेका हुन ।दिपक आचार्य 'काकु' ले निर्देशन रहेको भिडियो जिग्रीको साङ्गीतिक यात्रामा यो तेस्रो कोसेली हो । भन्दा अगावै 'मञ्जरी' र 'मायाले जीवन सजाऊ' बोलको गीत समेत सार्वजनिक भइसकेको छ ।