गायक सत्यराज आचार्य फिल्म निर्देशक बन्ने तयारीमा रहेका छन् ।सत्यराजले निर्देशन गर्न लागेको फिल्मको नाम ‘टेण्डर’ हो ।सत्य स्वरुप इन्टरटेन्मेन्टको ब्यानरमा बन्न लागेको फिल्मलाई सत्यराजले भाई स्वरुपराज आचार्य (गायक)सँग मिलेर निर्माण गर्दैछन् ।उनले कात्तिक दोस्रो साता चलचित्र विकास बोर्डबाट फिल्म निर्माणको इजाजत लिएका थिए । कलाकारमा पनि उनकै नाम चढाइएको छ । फिल्मको निर्माण लागत १ करोड अनुमान गरिएको छ ।